जनकपुर आइपुग्यो नेपालको रेल



तस्बिरमा:- नेपालकाे रेल

जनकपुरः नेपालमा पहिलोपटक रेल आएको छ। कुर्था जयनगर चल्ने दुई सेट रेल आज दिउँसो नेपालको जनकपुर स्टेशन आइपुगेको हो।

जयनगरबाट बिहान हिँडेको रेल दुई सेट जनकपुर आइपुगेको हो। लामो समयको प्रतीक्षापछि आउन लागेको रेल सेट हेर्न जनकपुरबासीको ठूलो भीड लागेको छ। रेल हेर्न विहान ८ बजेदेखि नै स्टेशन आइपुगेको जनकपुरका विजय मेस्तरले बताए ।

रेल कहिलेदेखि औपचारिक रुपमा सुचारु हुने मिति तय भएको छैन। यद्यपि दशैँअघि नै रेल संचालन गर्ने तयारी रेल्वे विभागले गरिरहेको छ। रेलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताइएको छ।                            #जनकपुर#नेपालीको#रेल 


प्रतिक्रिया दिनुहोस