काेराेना महामारीको कारण २०२०काे लागि कोरियाली भाषा-परीक्षा नहुँने



तस्बिर :साङ्केतिक

काेरिया।रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत बर्सेनि हुँदै आएको कोरियाली भाषा-परीक्षा यस वर्ष नहुने भएको छ । कोरोना महामारी (कोभिड–१९) को संक्रमण बढ्दै गएका कारण यो वर्षको भाषा परीक्षा नहुने भएको हो ।वैदेशिक रोजगारीकाे लागि अाकर्षक गन्तव्य कोरियामा कोरोना संक्रमण घट्दो दरमा रहेता पनि स्रोत मुलुक नेपालमा भने संक्रमण बढ्दै गएको कारण देखाउदै भाषा परीक्षा नहुने निर्णय भएको हो ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखाका अनुसार सन् २०२० का लागि लिइने भाषा परीक्षा नहुने कोरियाली पक्षले अनौपचारिक जानकारी दिएको छ । विगतकाे वर्षमा वैशाख र जेठ महिनामा भाषा परीक्षा हुने भए पनि त्यसको तयारी भने ४ महिना अगाडि देखि नै गरिँदै आएको थियोे । कोरियाली पक्षले यो वर्षको भाषा परीक्षा नहुने भएपछि तयारी समेत गरेको छैन । ईपीएस शाखाका निर्देशक इन्द्र गौतमले कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) ले प्राविधिक हिसाबले यो वर्ष भाषा परीक्षा हुने सम्भावना नरहेको अनौपचारिक जानकारी दिएको बताए ।

कोरियाली पक्षले सन् २०२१ को परीक्षा भने कसरी गर्ने भन्ने बारेमा मात्र तयारी गरेको बुझिन्छ, यसलाई आधार मान्ने हो भने पनि यो वर्ष भाषा परीक्षा हुँदैन, निर्देशक गौतमले भने, उडान र अन्य विषयमा नै अन्योल रहेका बेला भाषा परीक्षा हुने देखिँदैन । भाषा परीक्षा नगर्ने बारेमा कोरियाले आधिकारिक जानकारी भने दिएको छैन । सन् २००८ देखि सुरु भएको ईपीएस भाषा परीक्षा यस अघि सन् २०१२ मा पनि विभिन्न कारण उक्त परिक्षा भएको थिएन ।

कोरियामा कोरोना संक्रमण नियन्त्रण उन्मुख भएपनि नेपालमा भने बढ्दै गइरहेको छ । यस्तो बेला हजारौं मानिस जम्मा गरेर परीक्षा सञ्चालन गर्न तत्कालका लागि सम्भव नदेखिएपछि नेपाली पक्षले पनि परीक्षा गराउनु पर्छ भनेर कुनै पहल गरेको छैन ।कोरोना संकट सुरु भएयता १ हजार ७०१ युवाले कोरियाका रोजगारदातासँग श्रम सम्झौता गरे पनि कुनै श्रमिक पनि कोरिया प्रवेश गर्न पाएका छैनन् । श्रम सम्झौता गरेर भिसा प्राप्त गरेका ९ सय ६१ जना समेत कोरिया जान पाएका छैनन् । ९६१ भिसा लागेका युवाको भिसा म्याद भने सकिन लागेको छ । यिनीहरूको भिसा म्याद नोभेम्बरको दोस्रो सातासम्म मात्र रहेको शाखाले जनाएको छ । ९६१ मध्ये कोरियामा काम गरेर फर्केका कमिटेड श्रमिक ७५८ भिसा लागेर पनि कोरिया जान नपाएको शाखाले जनाएको छ ।                                                                                            #काेरियाली#भाषा#परिक्षा#नहुँने 


प्रतिक्रिया दिनुहोस