दाेलखाकाे तामाकोशी गाउँपालिका च्यामामा दुई जनामा कोरोना पुष्टि



दाेलखा।तामाकोशी गाउँपालिका वडा नम्वर ६ च्यामामा दुई जनालाई कोरोना पुष्टि भएको छ ।कोरोना संक्रमित हुनेमा एकै परिवारका एक महिला र एक पुरुष रहेका छन ।

संक्रमित दुबै जनालाइ कोरोना संग मिल्दो लक्षण देखा परे पछि परिक्षणका लागि सोमबार स्वाब संकलन गरि पठाएको थियो । जस्मा एक पुरुष र एक महिलामा कोरोना पोजेटिभ देखिएको तामाकोशी गाउँपालिकाका स्वस्थ्य संयोज अरुन कुमार मिश्रले जानकारि दिनुभयो । तामाकोशी गाउँपालिका भित्रका एक जना जनप्रतिनिधिलाई कोरोना संक्रमण देखिएपछि पालिका भित्रका ६ जनाको स्वाव संकलन गरि पाठाइएको थियो ।६ जनाको स्वाब परिक्षण गर्दा उनिहरु मध्ये दुई जनालाइ कोरोना पोजेटिभ देखिएको तामाकोशी गाउँपालिकाका स्वास्थ शाखा प्रमुख अरुन कुमार मिश्रले बताउनु भयो ।

तामाकोशी गाउँपालिकाको कार्यलयले पटक पटक स्वास्थ्य सर्तकता अपनाउँनु हुन र सभा, बैठक तथा भिडभाड नगर्नुहुन आग्रह गर्दापनि जनमानसमा स्वास्थ्य समस्यामा प्रतिकुल हुने गरि संचालन हुदै आएको जानकारि प्राप्त भइरहेको र पुन यस्ता खालका गतिबिधि संचालन नगर्नु हुन गाउँपालिकाले जारिगरिएको सूचनामा जनाईएको छ ।


प्रतिक्रिया दिनुहोस