एकीकृत फ्रेण्डसिप साकोसद्वारा विधुतिय कारोबार सेवा विस्तार



तस्बिर: नगर प्रमुख टंक जिरेलद्वारा क्यू.आर.कोड कार्ड वितरण

जिरी। दाेलखाकाे जिरी स्थित एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले आज एक समारोह बीच प्रविधीमा आधारित विद्युतिय कारोबार सेवाको विस्तार गरेको छ । जिरी नगर प्रमुख श्री टंकबहादुर जिरेलको प्रमुख आतिथ्यता तथा संस्थाको अध्यक्ष श्री भुमिराज खड्का्को अध्यक्षतामा सम्पन्न कार्यक्रम आजै देखि क्यू. आर. कोड, मिस्डकल बैंकिङ्ग, कनेक्ट आइ.पि.एस सर्भिसको एकै साथ शुभारम्भ गरेको हो ।

कार्यक्रमको विशेष अतिथीमा नेपाल बचत तथा ऋण सहकारी संघ लि. का संचालक श्री जिवसराज खड्का उपस्थिती रहेको थियो भने अतिथीहरुमा जिल्ला बचत तथा ऋण सहकारी संघ दोलखाका उपाध्यक्ष पवन दाहाल, प्रविधी प्रदायक एक्सक्लुसिभ माइनका प्रमुख कार्यकारी अधिकृत राजिव कर्ण एवं संस्थाको सल्लाहकार ज्यूहरु रहनु भएको थियो । कार्यक्रममा संस्थाको उपाध्यक्ष श्री गोपाल जिरेलले अतिथी तथा उपस्थित सदस्यहरुमा संस्थाको तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहालले संस्थाले हालैका दिनमा गरेको प्रगतिका सन्दर्भ जानकारी दिनुका साथ आगामी योजनाहरुको विषयमा जानकारी गराउनु भएको थियो । प्रविधी प्रदायक एक्सक्लुसिभ माइनका प्रमुख कार्यकारी अधिकृत राजिव कर्णले प्रविधीले कसरी काम गर्दछ भन्ने कुरा सविस्तार चर्चा गर्नु भएको थियो । सल्लाहकारहरुको तर्फबाट सल्लाहकार केशब कार्कीले संस्था एकीकरणको बेलामा संस्थाले देखेको सपना ढिलै भए पनि पूरा भएको उल्लेख गर्नु हुदै खुशी व्यक्त गर्नु भयो ।

जिल्ला बचत संघको उपाध्यक्ष पवन दाहालले संस्था जिल्लाको नमूना संस्थाको रुपमा रहेको र नविनतम सेवाले झनै संस्थाको सक्षमता बढेको उल्लेख गर्नु भयो भने विशेष अतिथीको आसनबाट नेफ्स्कूून संचालक एवं वागमती प्रदेश बचत संघका महासचिव जिवसराज खड्काले एकीकृत संस्था नै दोलखाको सबै भन्दा अभियानको अग्रस्थानको संस्था भएको चर्चा गर्नु हुदै अभियानमा आर्कषण हुने गरी नयाँ सेवा थालनी गर्नु भएको दुवै संघको तर्फबाट धन्यवाद व्यक्त गर्नु भयो ।

कार्यक्रममा प्रमुख अतिथी जिरी नगर पालिका प्रमुख टंकबहादुर जिरेलज्यूले संस्थाको नयाँ सेवाको थालनी भएको सफलताको शुभकामना व्यक्त गर्दै आगामी दिनमा संस्था र नगरपालिका बीच उत्पादन क्षेत्रको विकासका लागि साझेदारीमा काम गर्न नगरपालिका तयार भएको कुरा व्यक्त गर्नु भयो । कार्यक्रममा ७६ जना स्थानीय व्यवसायी सदस्यहरुलाई क्यू.आर.कोड वितरण गरिएको थियो । कार्यक्रमको संचालन संस्थाका सचिव श्री केदार जिरेलले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस