राप्रपा दोलखाको संयोजकमा राजनबहादुर सिवाकोटी



राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त दोलखाको समायोजन भेलाले राजनबहादुर सिवाकोटीको संयोजकत्वमा ५३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । भेलाले बलबहादुर तामाङलाई सहसंयोजकमा चयन गरेको छ । तीन महिनापछि जिल्ला अधिवेशन गर्ने गरी बुधबार आयोजित भेलामा राप्रपाका केन्द्रीय सदस्य प्रवीण थोकर प्रमुख अतिथि रहेका थिए भने पूर्व जिल्लाअध्यक्ष एवं केन्द्रीय सदस्य सुन्दरप्रकाश खड्का विशेष अतिथि रहेका थिए ।  राप्रपाका सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकताको मालामा उन्दै समग्र प्रजातान्त्रिक शक्तिलाई एकीकृत गरी समुन्नत दोलखा बनाउने अभियानमा लाग्ने सिवाकोटीले बताए ।


प्रतिक्रिया दिनुहोस