नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो



नेपालमा कोरोना भाइरसका थप दुई हजार ५९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५९ संक्रमित थपिएका हुन् ।देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार २७९ जनाको पिसिआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख ४५ हजार २३७ जनाको पिसिआर परीक्षण गरिएको हो ।देशभरका संस्थागत आइसोलेसन ११ हजार १७६ जना र होम आइसोलेसनमा १५ हजार ८७७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ७०३ जना क्वारेन्टिनमा रहेका छन् ।देशभर ७५ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३१८ जना आइसियूमा राखेर उपचार भइरहेको छ ।यससँगै कुल संक्रमितको संख्या एक लाख ६७६ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस