तामाकोशी नदीमा पक्की पुल बनेसंगै झ्याँकुमा वस संचलन



दोलखाको तामाकोशी नदी पिखुतीमा पुल निर्माण भए संगै दोलखाको गौरीशंकर गापाको झ्याँकुमा वस सेवा सुचारु भएको हो । तामाकोशी नदीमा पक्की पुल निर्माण सम्पन्न भएपछि झ्याँकुमा वस संचलन भएको हो । दोलखाको गौरीशंकर गाउँपालिका-३ झ्याँकुमा पिखुती झ्याँकु मानेडाडा सडक बाटो निर्माण भएपछि बस सेवा संचालन आएको हो , सडक बाटो पुगेको करिब ३ वर्षपछि बस संचालनमा आएको स्थानीयले जानकारी दिए। लामो समय पछि बस गाउँमा पुगेसंगै स्थानीयहरु खुसी भएर बसको स्वागत गरेका छन्।आइतबार नवनिर्मित पुल हुदै अरनिको वस गाउँमा पुगेको हो।घन्टौं हिड्नु पर्ने समस्याको हल भएको भन्दै स्थानीयले बसका चालक र सहचालकलाई फुलमाला लगाएर स्वागत गरेका छन्। सिंगटी देखी डेढ घण्टाको बाटो हिड्नु पथ्र्यो र पसलका सामानहरु ल्याउन समेत गाह्रो हुन्थ्यो । पिखुतीको पुल बने संगै बस संचालन भएको छ,अब धेरै सुविधा भएको छ ,यसमा म लगायत मेरो गाउवासी सवै खुसी भएको स्थानीय ब्यवसायी एवंम बुद्धिजीवी दावा लामा बताउछन् । अब दैनिक काठमान्डौ बाट विहान ७:०० वजे झ्याँकुको लागी बस छुट्ने अरनिको बस सेवा समितीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस