नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना संक्रमण



नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको जानकारी दिए।जसमा संस्थागत आइसोलेशनमा १३ हजार ९२३ र होम आइसोलेशनमा १९ हजार ९५७ जना रहेका छन् ।यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४७३ जना कोरोनामुक्त भएपछि हालसम्म निको हुनेको कुल संख्या ७७ हजार २७७ पुगेको गौतमले बताए।नयाँ संक्रमितमध्ये २२८३ जना काठमाडौँ उपत्यकाका छन् ।


प्रतिक्रिया दिनुहोस