भारतमा कोरोनाका कारण १ लाख ११ हजार २६६ संक्रमितको मृत्यु



भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोना संक्रमण हुनेको संख्या ७३ लाख ७ हजार ९७ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतका ६७ हजार ७०८ जनामा कोरोना पुष्टि भएको छ ।तथ्यांक अनुसार भारतमा हालसम्म कोरोनाका कारण १ लाख ११ हजार २६६ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ६८० कोरोना संक्रमितको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस