कार्कीलाई एकलाख रुपैयाँको गौरादेवी ओली आदर्श आमा पुरस्कार



दाेलखा।रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान झापाले दोलखाकी अधिकारकर्मी सृजना कार्कीलाई गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार प्रदान गर्ने भएको छ ।
प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले आज विज्ञप्ति निकालेर कार्कीलाई एक लाख एक हजार एक सय एघार रुपैंयाँ राशिको पुरस्कार प्रदान गर्ने निर्णय भएको बताएका हुन् ।अधिकारकर्मी कार्कीले १८ बर्षदेखि आफ्नो सम्पूर्ण उर्जा र समय संकटापन्न अवस्थामा रहेका बालबालिका, जेष्ठ महिला र किशोरीहरुको पुनस्र्थापना कार्यमा खर्चिदै आएकी छन् ।


प्रतिक्रिया दिनुहोस