युवा समाजसेवी तामाङको पहलमा गरिब तथा अपांगलाई खाद्यान्न सहयोग



युवा समाजसेवी झलक तामाङको पहलमा बैतेश्वर-३ पाइलेका दलित परिवारलाई खाद्य सामाग्री सहयोग गरिएको छ।मुख्य चाडपर्वको समयमा खाद्यान्नलगायत दैनिक उपभोग्य सामानको समस्या परेका पाइलेका अपांग,एकल महिला तथा निम्न बर्गका गरीब दलित ६ घर परिवारहरु लुते नेपाली,प्रधान नेपाली,बादी नेपाली,अमृत नेपाली,सोबिता नेपाली,झिर्ले नेपाली लगायतका दलित परिवारलाई चामल,दाल,तेल जिरी मसला लगायतका सामाग्री तामाङको सक्रियतामा सहयोग गरिएको हो।

त्यसैगरि आर्थिक अवस्था कम्जोर भएका तथा अपांग व्यक्ति राम खड्का तथा आयस्रोत निम्न भएका रामकुमारी कार्की,नर माया अधिकारी र प्रेम कुमारी कार्कीलाई जनही एक बोर चामल,एक लिटर तेल,जिरी मसला लगायतका खाद्य सामग्री अध्यन र रोजगारीको सिलसिलामा जर्मनी पुगेका रेबिना घिमिरेको मृतक पिता वेदनाथ घिमिरेको सम्झनामा चार परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको हो।खाद्यान्न सामग्री वितरण गर्दै समाजसेवी झलक तामाङले विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण आर्थिक समस्या परेर जिबिकोपार्जन गर्न कठिन भएको देखी पछि आफुले पीडितको गाउँमै पुगेर दशैको लागी खाद्यान्न सामग्री सहयोग गरेको जानकारी दिए।खाद्यान्न वितरणमा बैतेश्वर वडा नम्बर ३ का वडा सदस्य कमल अधिकारी लगायतको उपस्थितिमा वितरण गरिएको झलक तामाङले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस