सुकुम्बासी खड्काको सहारा बने तामाङ पाइन् पक्की घर



दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ६ नाम्दुकी ७६ वर्षिया सुकुम्बासी महिला नरमाया खड्काले भुकम्प गएको ५ वर्ष पछि पक्की घरमा बस्न पाएकी छन्।लामो समय देखी टिनको टहरामा रात काट्दै आएकी खड्का लाई बैतेश्वर दुई निवासी युवा समाजसेवी झलक तामाङले उनलाई एक कोठाको पक्की भवन निर्माण गरिदिएर सोमबार नयाँ घरको साचो जिम्मा दिएका छन्।पुरानो घर र जग्गा नहुदा भुकम्पमा नाम नआएपछि घर विहीन बनेकी एक्लि महिला लामो समय देखी जस्ताको कटेरोमा रात बिताउदै आएकी थिइन्।अघिल्लो वर्ष बैतेश्वर ६ का स्थानीय तिर्थ घिमिरेले महिलाको नाममा ५ आना जग्गा दान दिएर तामाङले २ लाख लगानी गरेर पक्की भुकम्प रहित घर निर्माण गरिदिएका हुन्।७६ वर्षकि महिला खड्का ७४ वर्षिया श्रीमानको ६ महिना अघि टिनको कटेरोमा मृत्यु भएको भएपछि उनी बेसहारा बनेकी थिइन्। समाजमा सामाजिक कामगर्दै हिडेका तामाङले उनको नाजुक अवस्था देखेपछि उनको सहारा बनेर २ लाखको घर निर्माण गरि सोमबार स्थानीय जेष्ठ नागरिक,शिक्षक राम्जी घिमिरे चुडा राज घिमिरे पुन्य प्रसाद घिमिरे लगायतको उपस्थितिमा महिलालाई घर हस्तान्तरण गरेको युवा समाजसेवी झलक तामाङले जानकारी दिए।

नवनिर्मित घर १ कोठाको १६ फिट लम्बाई र १० फिट चौडाइको पक्की घर हो।सामाजिक काममा सक्रिय युवा तामाङको टोलिले नरमायालाइ घरको चावी संगै दशैको लागी खाद्यान्न समेत दिएका छन्।घरको साचो बुज्दै ७६ वर्सिया महिलाले खुशी हुँदै लामो समय टिनको कटेरोमा दिन बिताएकी महिलाले दशैको मुखमा पक्की नयाँ घर संगै खाद्यान्न पाएपछि दङ्ग पर्दै तामाङलाई धन्यवाद दिएकी छन्।बैतेश्वर निवासी तामाङले यस अघि पनि सोही गाउँका एक दलित परिवारलाई घर निर्माण गरेर दिएका थिए। युवा समाजसेवी तामाङको टोलिले केहि दिन अघि बैतेश्वर-३ पाइलेका दलित परिवारलाई खाद्य सामाग्री सहयोग गरेका छन्।मुख्य चाडपर्वको समयमा खाद्यान्न लगायत दैनिक उपभोग्य सामानको समस्यामा परेका पाइलेका अपांग,एकल महिला तथा निम्न बर्गका गरीब दलित परिवारलाई चामल,दाल,तेल जिरी मसला लगायतका सामाग्री तामाङको सहयोगमा वितरण गरिएको छ।त्यसैगरि आर्थिक अवस्था कम्जोर भएका तथा अपांग व्यक्ति राम खड्का तथा आयस्रोत निम्न भएका रामकुमारी कार्की,नर माया अधिकारी र प्रेम कुमारी कार्कीलाई जनही एक बोर चामल,एक लिटर तेल,जिरी मसला,चिउरा वितरण गरेर दशै मनाउन राहत दिएका छन्।


प्रतिक्रिया दिनुहोस