पछिल्लो २४ घन्टामा तीन हजार ९३ जना नयाँ कोरोना संक्रमित थपिए



पछिल्लो २४ घन्टामा तीन हजार ९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अवधिमा १३ हजार आठ सय ६१ जनाको नमुना परीक्षण गरेको जनाएको छ ।योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख ३९ हजार एक सय २९ पुगेको छ । आज २१ सय आठजना संक्रमित निको भई डिस्चार्ज भएका छन्। अहिलेसम्म कुल ९६ हजार ६ सय नौजना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । संक्रमणमुक्त हुने दर ६९.४ प्रतिशत रहेको छ।हाल देशमा ४१ हजार सात सय ७४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।हाल १३ हजार पाँच सय ५९ जना संस्थागत आइसोलेसनमा र २८ हजार एक सय ९६ जना होम आइसोलेसनमा रहेको उहाँले बताउनुभयो। संक्रमितमध्ये दुई सय ७३ जना आइसियू र ७८ जनाको भेन्टिलेरमा उपचार भइरहेको गौतमले जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस