नेपालमा ४४९९ कोरोना संक्रमित थपिए, थप १७ जनाको मृत्यु



काठमाडौं । नेपालमा थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरको प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १ हजार ६ सय ९० महिला र २ हजार ८ सय नौ पुरुष रहेका छन्। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ।काठमाडौं उपत्यकाका तीन जिल्लामा २७ सय २० जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।काठमाडौं उपत्यकामा तीन जिल्लामा १६ सय २८ जना पुरुष र एक हजार ९२ जना महिलामा संक्रमण पुष्टि भएको हो।काठमाडौंका २ हजार ३ सय ५७, ललितपुरका २ सय ३६ र भक्तपुरका १ सय २७ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लाको होम आइसोलेसनमा १० हजार ५ सय १ जना छन्। त्यस्तै ललितपुरमा २८ सय ९४ जना र भक्तपुरमा १७ सय १९ जना संक्रमित घरमै रहेका छन्। त्यसैगरी संक्रमितमध्ये दुई सय ९० जनाको आइसियू र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यो अवधिमा २६ सय ६८ जना संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमण मुक्त हुनेको संख्या १ लाख ५ हजार ४ सय ८८ पुगेको छ । कोरोना परीक्षणका लागि हालसम्म १३ लाख ६७ हजार १६ पीसीआर परीक्षण गरिएको छ । अहिले क्वारेन्टाइनमा ३ हजार ५ सय ९० जना रहेका छन् । कोरोनावाट हालसम्म ८ सय २९ जनाको केरोना संक्रमणकै कारण मृत्यु भएको छ ।                                                                      #काेराेना अपडेट


प्रतिक्रिया दिनुहोस