दोलखामा दर्जनौं यतायात मजदुरका नेताहरू कांग्रेसमा प्रबेश



दोलखामा दर्जनौं यतायात मजदुर नेताहरू कांग्रेसमा प्रबेश गरेका छन् । आज एक कार्यक्रमका बिच नेपालि कांग्रेसका नेता एबं ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष अजयकुमार राइ र कांग्रेस दोलखाका सभापति रूद्रबहादुर खड्का लगायत नेताहरूले जिफन्टटमा आबद्द रहेका मजदुर नेताहरूलाई स्वागत गरेका छन् । कार्यक्रममा नेपाल यातायात मजदुर संघको समेत प्रथम अधिबेशन सम्पन्न भयको छ । अधिबेशनबाट कृष्ण खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरियको छ । नयाँ समितिमा अध्यक्ष कृष्ण खड्का , उपाध्यक्ष रामकृष्ण थापा,सचिब सुरेश थामि,सहसचिव रबिन थापा,कोषाध्यक्ष रमेश श्रेष्ठ ,सदस्यहरू सन्तोष श्रेष्ठ ,दिनेश भुजेल,कुमार थामि,गणेश बहादुर बस्नेत,मिनकुमार थामि,नबराज श्रेष्ठ ,प्रदिप शिबाकोटि,कुमार केसि,पासाङ तमाङ,दिपेश घिसिङ रहेको ट्रेड युनियन कांग्रेस दोलखा अध्यक्ष रामजिप्रसाद चौलागाइले बताए । संघले आजै दुइ घण्टे प्रशिक्षण कार्यक्रम पनि संञ्चालन गरेको थियोे । कार्यक्रममा कांग्रेस नेताहरू इश्वर मानन्धर , बर्मा लामा , केशवराज चौलागाइ , कुन्दनराज काफ्ले लगायतले मन्तब्य राखेका थिए ।


प्रतिक्रिया दिनुहोस