दुई हजार ७३६ कोरोना संक्रमित थपिए, २२ जनाको मृत्यु



कोरोना भाइरस संक्रमणबाट नेपालमा थप २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घन्टामा थप दुई हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ९९ हजार ७ सय ६० पुगेको छ ।

यसैगरी, पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ५३ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या एक लाख ६० हजार ५७७ जना पुगेको छ ।

साथै, नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ३८ हजार ३५ जना छन् भने एक हजार ५८ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताउनुभएको छ ।

 


प्रतिक्रिया दिनुहोस