कोरोनाको परीक्षण तथा उपचार सरकारी अस्पतालमा निःशुल्क




काठमाडौँ – सरकारले आफ्नो पूर्व निर्णय उल्ट्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण तथा उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गरिब तथा विपन्न बाहेकले कोरोनाको परीक्षण तथा उपचार खर्च आफै बेहोर्नु पर्ने यसअघिको आफ्ना निर्णय सच्याएको हो ।अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुनेछ र सरकारी अस्पतालमा संक्रमितको निःशुल्क उपचार हुनेछ ।गएको अशोज १५ मा सर्वोच्च अदालतले कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन पनि खारेज भएपछि सरकार निर्णय सच्याउन बाध्य भएको हो ।

मन्त्रीपरिषद बैठकले कोरोना भाइरसविरुद्धको खोप बने लगत्तै नेपालमा ल्याउने पहलका लागि अर्थ, परराष्ट र स्वास्थ्य सचिव रहेको कमिटि समेत बनाउने निर्णय गरेको छ ।यस्तै पुस्तक आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार शुल्क पनि हटाउने निर्णय सरकारले गरेको छ।


प्रतिक्रिया दिनुहोस