थप १५ जना कोरोना संक्रमितको मृत्यु



पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक हजार १८९ जना पुगेको छ ।देशभरमा आज एक हजार ९१३ जना कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार ३४९ सङ्क्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै एक लाख ६४ हजार ५९२ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ४६१ पुगेको मन्त्रालयले जनाएको छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख चार हजार २४२ पुगेको छ । क्वारेन्टिनमा रहेकाको सङ्ख्या ९७४ रहेको छ ।


प्रतिक्रिया दिनुहोस