एक हजार ९४६ संक्रमित थपिए, १३ जनाको मृत्यु



नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ९४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुई हजार ५०३ जना डिस्चार्ज भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

आज १६ लाखभन्दा बढीको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख आठ हजार २९९ पुगेको छ ।

जसमध्ये एक लाख ७० हजार ६३२ जना डिस्चार्ज भएका छन् भने देशभर अहिले सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ पुगेको छ ।
२४ घण्टामा १३ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ सय १५ पुगेको मन्त्रालयले जनाएको छ ।

देशभर क्वारेन्टाइनमा भने एक हजार ५७ जना रहेका छन् । शनिबारसम्म नेपालमा १६ लाख दुई हजार ६०३ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस