बहिनीहरुलाई टिका लगाएर सुरुवात भयोे ‘बहिनी टिका’



काठमाडौं। सहिद स्वगिय बुद्धिमान पाख्रिन एवं प्रतिनिधी सभा सदस्य शान्ती पाख्रिनका छोरीले भाई टिकाको अबसरमा आफ्नै वहिनी टिका लगाएर नयाँ संस्कारको सुरुवात गरेको छन् ।

नेपालमा प्रायः भाई टिकामा दाई र भाईलाई तिहारमा टिका लगाउने चलन रहेपनि पुरानो संस्कृतिलाई समयानुसार बदल्नु पर्ने पाख्रिनका ठुली छोरी प्रीतिले भनिन् ।टिकाको साईतमा उहि विधीअनुसार प्रीतिले दुई विहिनीलाई टिका लगाई दिएकी हुन् ।

पाख्रिनको जेठी छोरी प्रीति पाख्रिन चीनमा डाक्टर पढ्दै गरेको र माइली छोरी शिला पाख्रिन काठमान्डौ ईन्जिनियरिङ कलेज पढ्दै गरेको कान्छि छोरी प्रकृति पाख्रिन युनाइटेड कलेज १२ पढ्दै छिन् ।


प्रतिक्रिया दिनुहोस