राष्ट्रिय कर दिवसकाे अवसरमा उत्कृष्ठ करदाता सम्मानबाट फ्रेण्डसिप साकाेस सम्मानित



चरिकोट – दोलखा सदरमुकाम चरिकोटमा रहेको करदाता सेवा कार्यालय चरिकोटले जिल्लाको उत्कृष्ठ करदातालाई सम्मान गरेको छ ।आर्थिक बर्ष ०७५-०७६मा सबै भन्दा बढी आयकर दाखिला गर्ने जिरीको एकिकृत फेण्डशिप बचत तथा ऋर्ण सहकारी संस्था लिमिटेडलाई कर दिवसको अवसर सम्मान गरिएकोछ । करदातालाई छूट, प्रोत्साहन दिन विभिन्न नीति र परियोजना सञ्चालन गरेको पाइन्छ । धेरै कर तिर्ने संस्था, व्यवसाय र व्यक्तिलाई कदर गर्ने परिपाटी अनुसार दोलखामा करदाता कार्यालयले निरन्तरता दिएको हो ।

दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले राष्ट्रिय कर दिवसको अबसरमा जिरीको एकिकृत फेण्डशिप बचत तथा ऋर्ण सहकारी संस्था लिमिटेडका संचालक भुमिराज खड्कालाई आर्थिक बर्ष ०७५-०७६ मा १० लाख ३ सय कर दाखिला गरेबापत उत्कृष्ट करदाता सम्मान पत्र प्रदान गरेकाछन ।दोलखा जिल्लाका ३७ स्थानमा रहेका २ लाख ,५ लाखका लगानीका होटल पसलहरु दर्ता नभएकाले सबैलाई कानुन प्रक्रिया अनुसार दर्ता गर्न गराउन प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले आग्रह गरेकाछन ।

२०५४ मङ्सिर १ गते मा मूल्य अभिवृध्दि कर (मूअक) लागू भएको पछि ‘राष्ट्रिय कर दिवस’ २०६७ मंसिर १ बाट मनाउदै आएको हो । मूल्य अभिवृध्दि करमा दर्ता हुने करदाताको संख्या झण्डै दुईलाख पुगेको छ । आयकरतर्फ करदाताको गन्ती १८ लाखभन्दा केही बढी छ ।

सरकारको सर्वसञ्चित कोष अर्थात् राष्ट्रिय ढुकुटीमा विभिन्न स्रोतबाट जम्मा हुने रकम मध्ये २२ प्रतिशत हिस्सा कर राजस्वको छ । अब देशमा कर उडाउदा डिजिटल प्राबिधिको प्रयोग गरि करदातालाई सहज गराए बडी भन्दा बढी राज्यले कर संकलन गर्ने छ ।करबारे सर्वसाधारणमा जनचेतना बढाउने, धेरैभन्दा धेरै मानिसलाई कर तिर्नेहरूको दायरामा ल्याउने सरकारको उद्देश्य रहेको छ ।


प्रतिक्रिया दिनुहोस