जनजागरण साकोस मिर्गेको २२ औ वार्षिक साधारणसभा सम्पन्न



सुबास बस्नेत दोलखाको बैतेश्वर गाउँपालिका वडानम्बर ३ मिर्गेमा रहेको जनजागरण बचत तथा ऋण सहकारीले आफ्नो २२औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ।सहकारीले १८ लाख नाफा कमाउन सफल भएको छ।सहकारीले एक वर्षको अवधी १८ लाख १६ हजार खुदनाफा कमाउन सफल भएको संस्थाको २२औ साधारणको अवसरमा कोषअध्यक्ष पुष्कर कुमार दाहालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ।सहकारीले २२औ साधारण सम्म आइपुग्दा १२ करोड ९० लाख ८५ हजार पाच सय कुलपुर्जी बनाउन सफल भएको छ। त्यसैगरी सहकारीले १० करोड,१३ लाख, ३६ हजार एक सय ११ रुपैयाँ ऋण लगानी गरेको जनाएको छ।त्यसैगरी १० करोड १३ लाख ९०हजार ९७ रुपैयाँ बचत रहेको छ। २८ सय ७६ सेयर सदस्य आबद्ध रहेको जनजागरण सहकारीमा एक हजार ९८ जना बाल सदस्य रहेका सहकारीका सचीव रमेश प्रसाद दाहालले जानकारी दिए।कोरोना भाइरसको कारण टोलटोलमा क्षेत्रगत रूपमा टोले साधारणसभा गर्दै सिमित प्रतिनिधि बोलाएर सनिवार केन्द्रिय २२औ साधारणसभा सहकारीका अध्यक्ष प्रवन दाहालको सभापतित्व र बैतेश्वर गाउँपालिका उपाध्यक्ष रबिचन्द्र आचार्यले प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको अध्यक्ष पवन दाहालले जानकारी दिए।उनका अनुसार सहकारीले आगामी दिनमा सदस्यमुखी कार्यक्रमको सुरु गर्ने जनाएको छ।सहकारीले वडा कार्यालय आसपासमा चालु वर्ष भित्र थप सेवा केन्द्र विस्तार गर्ने भएको छ।त्यसैगरी सदस्यलाई निशुल्क स्वास्थ्य सेवा दिन बैतेश्वर अस्पताल संग समन्वय गरेर स्वास्थ्य सेवा दिने छ।७५ वर्ष उमेर काटेका जेष्ठ सदस्यलाई नियमित बचत बाट पाकेको अर्ध वार्षिक नगत प्रदान गर्ने जनाएको छ।त्यसैगरी सहकारीले आगामी दिनमा आफुलाइ पायक पर्ने नजिकको छिमेकी सहकारी संग एकीकरण गर्ने प्रस्ताव अघिसरेको संस्थाका व्यवस्थापक प्रलाद दाहालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस