चरिकोट अस्पतालमा कार्यरत एक महिला स्वास्थ्य कर्मीलाई कोरोना संक्रमण



चरिकोट, बैशाख १४
दोेलखामा मंगलबार एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सदरमुकाम  चरिकोट अस्पतालमा कार्यरत एक महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको भीमेश्वर नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख श्याम खड्काले बताए । संक्रमित महिला बाहिरी जिल्ला भई चरिकोटमा स्वास्थ्यकर्मीको रुपमा कार्यरत थिइन्। बैशाख १२ गते चरिकोट अस्पतालका केही स्वास्थ्यकर्मीसहित १२ जनाको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरी धुलिखेलमा पठाइएको थियो । मंगलबार प्राप्त रिपोर्ट अनुसार १२ जनामध्ये उक्त युवतीमा मात्र कोरोना पुष्टि भएको जिल्ला  स्वास्थ कार्यलय दोलखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस