दोलखाकि कोरोना संक्रमित २५वर्षिया महिलाको उपचारको क्रममा काठमाडौमा मृत्यु



दोलखा,बैशाख १९।केहि दिनअघि कोरोना संक्रमण देखिएकी दोलखाको भिमेश्वर नगरपालिकाकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।भीमेश्वर नगरपालिका वडा नम्बर ६ की संक्रमित महिलाको मृत्यु भएको हो । अन्दाजी २५ वर्षिय युवतीको काठमाण्डौंमा उपचारका क्रममा मृत्यु भएको हो ।उनी जात्रा हेर्न भक्तपुरु स्थित माईतीघर गएको बेला संक्रमण भएको आशंका गरिएको छ । माईतीबाट घर फर्किएपछि उनलाई उच्च ज्वरो लगायतका लक्षण देखिएको थियो ।त्यसपछि सदरमुकाम चरिकोट स्थित च्छाेराेल्पा अस्पताल हुँदै चरिकोट अस्पतालमा भर्ना गरिएको थियो । जिल्लाबाट रिफर गरिएकी उनको भक्तपुर स्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।


प्रतिक्रिया दिनुहोस