दोलखाको जिरी नगरपालिकाको सेवा प्रवाह अनिश्चितकालका लागी बन्द



दोलखा बैशाख १९।आइतबार बसेकाे नगर कार्यापालिकाको बैठकको निर्णय अनुसार नगरपालिकाको कार्यालयमा कोरोना प्रभाव भएको कारण नगरपालिका तथा सम्पुर्ण वडा कार्यालयहरुको सेवा प्रवाह बन्द गरिएको हो । नगरपालिकाका ४ नागरिक सहित १ जना नगर कर्मचारीमा पनि कोरोना पुष्टि भएकोले थप अरुमा कोरोना प्रसार नहोस,् भनि नगरपालिकाको अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा प्रवाह बन्द गरिएको बताइएको छ । सामाजिक सञ्जाल तथा वेवसाइडमार्फत् नगर प्रमुख टंक जिरेलद्धारा हस्ताक्षिरित सूचना जारी गर्दै सेवा प्रवाह अर्को सूचना जारी नभएसम्मका लागी बन्द गरिएको जनाइएको छ । नगरपालिकाको वडा नं. ३ स्थित वडा कार्यालयबाट प्रवाह हुने सेवा प्रवाह भने कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी बैशाख १६ गतेदेखि नै बन्द गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस