विगु गाउँपालिका परिक्षा र पठन-पाठन अनिश्चितकालको लागी बन्द



दोलखा,बैशाख १९।दोलखाको विगु गाउँपालिका भित्रको सम्पुर्ण पठन-पाठन र परिक्षा स्थगित गरिएको छ।गाउँपालिकाले आइतबार साझा एक सूचना जारी गर्दै दोस्रो लहरको भाइरसको उच्च जोखिम दोलखामा पनि रहेकाले संक्रमण रोक्न तथा जोखिम न्यूनीकरणको लागी सरकारको निर्णय अनुसार अनिश्चितकालको लागी गाउँपालिका भित्रका सम्पुर्ण परिक्षा स्थगित गरिएको गाउँपालिकाले जनाएको छ।गाउँपालिकाले बैकल्पिक विधिमा मात्र पठन-पाठन गर्ने सोही सूचना मार्फत जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस