दोलखा जिल्ला भित्रका सम्पुर्ण विद्यालयको परिक्षा तत्काल बन्द गर्न अनेरास्ववियु दोलखाको माग



दोलखा,बैशाख १९।देशभरिका सम्पुर्ण विद्यालय बन्द गर्ने सरकारको निर्णयका विरुद्ध दोलखामा सञ्चालन भइरहेको परिक्षा तत्काल स्थगित गर्न अनेरास्ववियु दोलखाले माग गरेको छ ।
बैशाख १३ गतेको निर्णय अनुसार देशभरिका शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णयको विरुद्ध दोलखाको कालिन्चोक, गौरिशंकर, वैत्यश्वर, विगु र मेलुङ गाउँपालिकामा वार्षिक परिक्षा सञ्चालन भइरहेको भन्दै तत्काल स्थगित गर्न माग गरिएको हो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन दोलखाले आज परिक्षा तत्काल स्थगित गर्न माग गर्दै दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमीरेलाई प्रेस विज्ञप्ती बुझाइएको हो।विज्ञप्तीमा उल्लेख गरिएको छ, विद्यार्थीको जिवनमाथि परिक्षाको नाममा खेलबाडगर्ने अधिकार कसैलाई नभएको भन्दै गैरजिम्मेवार पुर्ण गतिविधिहरु तत्काल बन्द गर्न जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित पालिकाहरुमा अनुरोध गर्दछाँै ।
साथै सम्बन्धित पालिका र विद्यालयलहरुले यस्ता गतिविधिहरु तत्काल नरोके अनेरास्ववियु दोलखा आन्दोलित हुने र यसबाट हुने क्षतिको सम्पुर्ण जिम्मेवारी सम्बन्धित पालिका र विद्यालयहरुले लिनुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्न समेत अनेरास्ववियु दोलखाले अपिल गरेको छ । प्रस विज्ञप्तीमा अनेरास्ववियु दोलखाका संयोजक राजकुमार ढुंगेल बताए ।


प्रतिक्रिया दिनुहोस