कोरोनाको जोखिम मोल्दै दोलखाका दर्जनौं विद्यालयमा धमाधम परिक्षा सञ्चालन,बजारक्षेत्रमा भिडभाड उस्तै



सुबास बस्नेत दोलखा,बैशाख २०।देशभर दोस्रो लहरको कोरोना भाइरस फैलिरहेको छ। दोलखामा पनि कोरोना भाइरसको उच्च जोखिम रहेको छ तर जिल्ला प्रशासन दोलखा र यहाँका स्थानीय तहले सरकारको निर्णयविपरीत धमाधम विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिरहेका छन् ।जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले दोलखाका विद्यालय बन्द गर्ने कि खोल्ने भन्ने निर्णय गर्न नसक्दा अहिले कोरोना भाइरसको उच्च जोखिममा पनि विद्यार्थी परीक्षा दिन बाध्य छन्।जिल्ला केही बजार क्षेत्रका विद्यालयले पठन-पाठन बन्द गरे पनि ग्रामीण भेगमा रहेका स्थानीय तहअन्तर्गत विद्यालयमा वार्षिक परीक्षा सञ्चालन भइरहेको छ । कालिञ्चोक गाउँपालिका, गौरीशंकर गाउँपालिका,मेलुङ गाउँपालिका र जिल्लाको बैतेश्वर गाउँपालिकाका विद्यालयका वार्षिक परीक्षा चलिरहेको छ । केन्द्र सरकारको निर्णयलाई अटेर गरेर परीक्षा सञ्चालन गरिरहेका स्थानीय तहका विद्यालयमा जानेअधिकांश विद्यार्थीहरूले सामान्य सुरक्षाको प्रोटोकल समेत पालना गरेका छैनन्।
जोखिममा समयमा पनि अहिले जिल्लाका नौ स्थानीय तहमध्येका चारवटा स्थानीय तहले विद्यालय सञ्चालन गरेका हुन ् । यी चारवटा स्थानीय तहले २५ गतेभित्र परीक्षा
सकेर विद्यालय बन्द गर्ने योजनासहित वार्षिक परीक्षा चलाइरहेको पाइएको छ। बैतेश्वर गाउँपालिकाले भने सोमबारदेखि विद्यालय बन्द गर्ने योजना बनाएको एक शिक्षकले बताए। कोरोनाको उच्च जोखिममा पनि स्थानीय सरकारले जोखिम न्यूनीकरण गर्न चासो नदिदा पाँच सय जना विद्यार्थीकोभीडमा पुगेर जोखिम मोलेर परीक्षा लिनुपर्ने बाध्यता रहेको मेलुङ गाउँपालिकाको अर्का सरकारी विद्यालयमा कार्यरत एक शिक्षकले
दुखेसो गरे । मेलुङमा सोमबारदेखि
बिहान र दिउँसो गरी दुई चरणमा परीक्षा
सुरु हुने उनले बताए । यता भीमेश्वर
नगरपालिका, जिरी नगरपालिका, तामाकोशी गाउँपालिका,विगु गाउँपालिका र
शैलुङ गाउँपालिकामा भने केन्द्र सरकारको
निर्णयअनुसार विद्यालय बन्द गरिएको छ ।
यस्तै दोस्रो लहरको कोरोना भाइरसले
प्रभावित बनेको जिरी नगरपालिकाभित्रका
सम्पूर्ण कामकाज आइतबारदेखि बन्द गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा एक महिलासहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दोस्रो लहरको कोरोना भाइरसको संक्रमण हुनेको संख्या आइतबारसम्म दोलखामा १५ जना पुगेको छ भने एक महिलाको आइतबार संक्रमणकैकारण मृत्यु भएको छ।भिमेश्वर,जिरी,गौरीशंकर र बैतेश्वरमा पनि दोस्रो लहरको कोरोना भाइरसको संक्रमण देखिन थालेको छ।जिल्लाका नागरिक समाजका अगुवा, विद्यार्थी र सर्वसाधारणले दोलखाका बजारी क्षेत्रमा भिडभाड बढेको भन्दै केहि समय जोखिम न्यूनीकरण गर्न बजार बन्द गर्नुपर्ने,दोलखा प्रवेशका नाकामा कडाइ गर्नुपर्ने,मास्क,सेनिटाइज,सामाजिक दुरि कायम गर्न लगाउन जिल्ला प्रशासन कार्यालय दोलखाको ध्यानाकर्षण गराउदैँ आएका छन्।


प्रतिक्रिया दिनुहोस