नेपालमा एकैदिन कोरोनाले३७जनाको मृत्यु,दोलखामा१०सहित ७ हजार ४सय ४८जना संक्रमित थप



दोलखा,बैशाख २०।पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्ला दिनमा कोरोनाको कारण मृत्यु हुनेको संख्या बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।त्यसैगरी नेपालमा दैनिक रुपमा कोरोना संक्रमणको दर बढिरहेको छ ।सोमबार सात हजार चार सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।त्यसैगरी दोलखामा सोमबार थप १० जना कोरोना संक्रमित थपिएका छन्।हालसम्म दोलखा कोरोना भाइरस संक्रमण हुनेको संख्या २५ पुगेको छ।


प्रतिक्रिया दिनुहोस