उद्योगी ब्यापारीको स्वास्थ्यमा खेलवाड नगर्न उद्योग वाणिज्य संघ र चेम्बर दोलखाको प्रशासनलाईअनुरोध



सुबास बस्नेत दोलखा,बैशाख २०।दोलखा उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सले उद्योगी ब्यापारीको स्वास्थ्य खेलवाड नगर्न आज एक विज्ञप्ति निकाल्दै जिल्ला प्रशासन दोलखालाई अनुरोध गरेको छ।कोरोनाको जोखिम दैनिक वृद्धि भएको भन्दै दोलखाको सदरमुकाम चरिकोट सहित पाँच वटा बजारका अत्यावश्यक बाहेकका पसल एक साता बन्द गर्न दुई व्यापारी छाता संस्था वाणिज्य संघ र चेम्बरले प्रशासनलाई अनुरोध गरेका छन्।जिल्लाभर पछिल्लो समय दोस्रो लहरको कोरोना भाइरसको जोखिम दैनिक वृद्धि भईरहेकाले कम्तीमा एक साता भिडभाड हुने यी क्षेत्र बन्द गर्नुपर्ने उद्योग वाणिज्य संघ दोलखा र दोलखा चेम्बर अफ कमर्सको आजको बसेको कोभिड नियन्त्रण सम्बन्धि संयुक्त बैठकले यस्तो निर्णय गर्दै जिल्ला प्रशासन कार्यालय दोलखाको ध्यानाकर्षण गराएको  हो।त्यसैगरी आजको बैठकले सदरमुकाम चरिकोट बजार, जिरी बजार ,सिंगटि बजार,मैनापोखरी बजार र माघादेउराली बजारका सबै उद्याेगि ब्यापारीको स्वाव परिक्षण गर्न जिल्ला प्रशासन सामु अनुरोध गरिएको विज्ञप्तिमा भनिएको छ।त्यसैगरी नेपाल सरकारले अनुरोध गरेको कोभिड १९ को सुरक्षा मापदण्ड पालना गर्न जिल्लाभरिका दुई नगरपालिका र सात गाउँपालिकाको व्यवसायीक तथा मानिसहरूको भिडभाड हुने क्षेत्रहरुको मध्येनजर गरी जनसचेतना मुलक प्रचार प्रसार र सुरक्षा अपनाउन जिल्ला प्रशासन कार्यालय,दोलखालाई अनुरोध गर्ने निर्माण गरिएको चेम्बर अफ कमर्स दोलखाका महासचिव पाण्डव सिंह पाण्डेले जानकारी दिए।महासचिव पाण्डेका अनुसार उद्योगि व्यवसायीहरुको लागी अति आवस्यक परेको खण्डमा सम्बन्धि जिल्ला प्रशासन कार्यालय संग समन्वय गरि दोलखा उद्योग वाणिज्य संघ र दोलखा चेम्बर अफ कमर्सले सिफारिस गरेर अनुमतिपत्र लिई यातायातको साधन संचालन गर्न सहजीकरण गर्न प्रशासन लाई अनुरोध गर्ने लगायतको निर्णय भएको उनले बताए।विज्ञप्ति बुझ्दै प्रमुख जिल्ला अधकारी वासुदेव घिमिरेले दोलखा जिल्लामा रहेका एक दुई दिन भित्र सबै स्थानीयतहमा रहेका उद्योगि ब्यापारीको कोरोना परिक्षा गर्न प्रशासनले पहल गर्ने बताए।त्यसैगरी सुरुमा ५० जना उद्योगिहरु नमुना परिक्षण गरेर थप परिक्षण गर्दै लैजाने र जोखिम बढेको खण्डमा जिल्लाका बजारी क्षेत्रमा बन्द गर्ने निर्णय हुने सिडियोले बताए।बैठकमा दोलखा उद्योग वाणिज्य संघ दोलखाका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले दोलखामा संक्रमण दर दिनप्रतिदिन थपिदै गएकाले दोलखाका प्रवेश हुने दुइटा नाका खरिढुङा र किर्नेटार नाका कडाइ गर्नुपर्ने बताए।त्यसैगरी बजारमा जोखिमको यो समयमा स्वास्थ्य सामाग्री मास्क,सेनिटाइज र खाद्यान्न लगायतका उपभोग्यअत्यावश्यक बस्तुमा हुने कालोबजारीको बजार अनुगमन गर्दै कारबाही गर्ने अध्यक्ष श्रेष्ठले बताए।दोलखामा दैनिक कोरोना भाइरसका सन्क्रमित वृद्धि हुँदै गएका छन्।जिल्लामा सोमबार एकै दिन १० जनालाई कोरोना भाइरसको संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ।दोलखामा हाल दोस्रो लहरको कोरोना भाइरसका सक्रिय संक्रमित २५ जना रहेका छन्।


प्रतिक्रिया दिनुहोस