कोरोनाको जोखिममा जिल्ला सहकारी संघद्वारा पत्रकार महासंघ दोलखालाई स्वास्थ्य सामाग्री सहयोग



सुबास बस्नेत,दोलखा बैशाख २०।जिल्ला सहकारी संघ दोलखाले २८औं प्रेस स्वतन्त्रता दिवसको अवसरमा जोखिममा रहेर सूचना सम्प्रेषण तथा समाचार संकलनमा रातदिन खट्ने पत्रकारको जीवन रक्षाको लागी भन्दै सोमबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईंले पत्रकार महासंघ जिल्ला शाखा दोलखाका अध्यक्ष दिपशंकर चौलागाईंलाई पाँच थान पिपिइ सेट,चौध थान सेनिटाइजर,दुई सय थान माक्स र ग्लोप्स पन्जा सय थान सहयोग गरेको जिल्ला सहकारी संघ दोलखा अध्यक्ष हेमन्त चौलागाईंले जानकारी दिए।स्वास्थ्य सामाग्री बुझ्दै पत्रकार महासंघ दोलखाका अध्यक्ष चौलागाईंले कोरोना भाइरसको जोखिमको यो समयमा अत्यावश्यक महत्त्वपूर्ण स्वास्थ्य सामाग्री सहयोग गरेकोमा जिल्ला सहकारी संघ परिवारलाई धन्यवाद दिएका छन् ।


प्रतिक्रिया दिनुहोस