दोलखाका पाँच ठुला बजारका पसल एक साता बन्द गर्न निजि क्षेत्रका दुई संस्थाको प्रशासनलाई सुझाव



सुबास बस्नेत,दोलखा बैशाख २१। जिल्लाको सदरमुकाम चरीकोट सहितका मुख्य पाँचवटा बजारका अत्यावश्यक बाहेकका पसल एक साता बन्द गर्न निजी क्षेत्रका दुई संस्थाले माग गरेका छन्।दोलखा उद्योग वाणिज्य संघ र दोलखा चेम्बर अफ कमर्सले जिल्लाकोबजारक्षेत्र बन्द गर्नजिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका हुन् । पछिल्लो समय जिल्लामा दोस्रोलहरको कोरोना भाइरसको जोखिम दैनिक वृद्धि भइरहेकाले भीडभाड हुने क्षेत्र कम्तीमा एक साता बन्द गर्नुपर्ने संघ र चेम्बरकोमाग छ । दुवै संस्थाको सोमबार बसेको
संयुक्त बैठकले कोभिड संक्रमण नियन्त्रणकोलागि जिल्लाको चरीकोट बजार, जिरी बजार, सिंगटी बजार, मैनापोखरी बजार रमाघादेउराली बजार बन्द गर्न जिल्ला प्रशासन कार्यालय दोलखाको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । त्यसैगरी बैठकलेसबै उद्योगी व्यापारीको स्वाब परीक्षण गर्न जिल्ला प्रशासनलाई आग्रह गरेको छ । त्यसैगरी सरकारले तयार गरेकोकोभिड १९ को सुरक्षा मापदण्ड पालनाकोलागि जनसचेतनामूलक प्रचारप्रसारको लागि आग्रह गर्ने निर्णय गरिएको चेम्बर अफ कमर्स दोलखाका महासचिव पाण्डव सिंह पाण्डेले जानकारी दिए । उनका अनुसार अति आवश्यक परेको खण्डमा उद्योगी
व्यवसायीलाई दोलखा उद्योग वाणिज्य संघ र दोलखा चेम्बर अफ कमर्सले गरेकोसिफारिसका आधारमा यातायातको साधन सञ्चालन गर्न अनुमति दिन प्रशासनलाईअनुरोध गर्नेलगायतको निर्णय भएको भएकोछ । निजी क्षेत्रको मागका बारेमा प्रमुख जिल्ला अधकारी वासुदेव घिमिरेले एक दुईदिनभित्र सबै स्थानीयतहमा रहेका उद्योगी व्यापारीको कोरोना परीक्षण गर्न प्रशासनलेपहल गर्ने बताए । त्यसैगरी सुरुमा ५० जना उद्योगीहरू नमूना परीक्षण गरेर थप परीक्षण गर्दै लैजाने र जोखिम बढेको
खण्डमा जिल्लाका बजारी क्षेत्रमा बन्द गर्नेनिर्णय हुने उनको भनाइ थियो । दोलखा उद्योग वाणिज्य संघ दोलखाका अध्यक्ष
इन्द्रबहादुर श्रेष्ठले दोलखामा संक्रमण दर दिनप्रतिदिन थपिँदै गएकाले दोलखाका प्रवेश हुने दुईटा नाका खरिढुङ ्गा र किर्नेटार नाका कडाइ गर्नुपर्ने बताए । त्यसैगरी जोखिमको यो समयमा बजारमा स्वास्थ्य सामग ्रीहरू मास्क, स्यानिटाइजर र खाद्यान्नलगायतका उपभोग्य अत्यावश्यक वस्तुमा हुने कालोबजारीलाई रोक्न बजार अनुगमन गर्दै कारबाही गर्ने अध्यक्ष
ेष्ठले बताए । दोलखामा दैनिक कोरोना भाइरसका सन्क्रमित वृद्धि हुँदै गएका छन् । जिल्लामा सोमबार मात्रै १० जनामा
कोरोना भाइरसको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । दोलखामा हाल सक्रिय संक्रमितको संख्या २५ पुगेको छ।


प्रतिक्रिया दिनुहोस