कोरोनाले एकैदिन ५५ जनाको मृत्यु,दोलखामा २ सहित ७ हजार ६ सय ६०जना नयाँ संक्रमित थपिए



कोरोना भाइरसको संक्रमणका कारण नेपालमा एकै दिनमा अहिलेसम्मकै सर्वाधिक धेरै व्यक्तिको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा ५५ जना व्यक्तिको मृत्यु भएको हो । यो कोरोना सुरुभए यताकै एकै दिनमा भएको सर्वाधिक धेरै मृत्यु हो ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ६६० नयाँ संक्रमित थपिएका छन् ।त्यसैगरी दोलखामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय दोलखाका अनुसार तामाकोशी गाउँपालिकाका २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाण्डौबाट आएका २ महिला र एक पुरुषमा ज्वरो सहितको लक्षण देखीएपछि आज उनिहरुकै घरमै पुगि एन्टिजेन परिक्षण गरिएको थियो । परिक्षणका क्रममा २ महिलामा कोरोना संक्रमण पुष्टि भएको तामाकोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुण कुमार मिश्रले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस