काङ्ग्रेस नेता अधिकारीकोअभिनयमा‘तारा झारी दिन्छु’बोलको लोकदोहोरी गितको म्युजिक भिडियो सार्वजनिक



दोलखा,बैशाख २६।नेपाली कांग्रेस दोलखाका युवा नेता राजन अधिकारीले लोकप्रिय एक लोकदोहोरी गितमा लोभ लाग्दो अभिनय गरेका छन्।जिल्लाको बैतेश्वर गाउँपालिका स्थानीय गायक कृष्ण परियारले अघिल्लो वर्ष सार्वजनिक गरेको गितको म्युजिक भिडियो भरखरै सार्वजनिक भएको छ। ‘तारा झारी दिन्छु’ बोलको लोकदोहोरी गितको म्यूजिक भिडियो मार्फत राजन अधिकारीले डेब्यू अभियन गरेका छन् । सफल युवा व्यवसायी समेत रहेका अधिकारीले यो म्यूजिक भिडियोमा लाहुरेको भूमीकामा मुख्य अभिनय गरेका गायक कृष्ण परियारले बताए।
अधिकारी हाल नेपाली कांग्रेसको सक्रिय राजनीतिक र सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् ।कृष्ण परियार र पूर्णकला विसीको सुमधुर आवाज रहेको यो गितमा रोधीघरको झल्को दिनेगरी जयन्ती विर्ताकोटीसँग उनको छमछमी नाच हेर्न सकिन्छ ।यहि गितबाट डेव्यू गरेका अधिकारी खुलेर आफुलाई प्रश्तुत गर्न सफल देखिन्छन् । अभिनय आफ्नो रुचीको विषय भएकाले भोलीको दिनमा पनि निरन्तरता दिने उनले बताए ।


प्रतिक्रिया दिनुहोस