“पानी कुलाको”गित सार्वजनिक



नवीनकुमार खतिवडा दोलखा,बैशाख ३१।गायक सर्जक सुरज लामिछाने उत्कृष्ठ संगित,संगित संयोजन संगै सुरज लामिछाने र पार्वति सुवेदीको आवाजमा रहेको “पानी कुलाको”बोलको गित सार्वजनिक भएको छ।
बिबेक धिताल र सुरज लामीछानेको शब्द रहेको गितको भिडियो मा चर्चित मोडल बिमल अधिकारी, गरिमा शर्मा, तिलक बहादुर श्रेष्ठ र सन्तोष मगराटी को अभिनय रहेको छ। गित निकै मिठो र दमदार रहेको तथा उत्कृष्ट शब्द र आवाज  रहेको गितलाई दर्शक श्रोताले रुचाएको आकलन गरिएको छ। निकै मिहनेतका साथ निर्माण गरिएको भिडियोलाइ राजेश घिमिरेले छायांकन,बिनोद वमले सम्पादन/कलर गरेका हुन् भने काजीश श्रेष्ठले निर्देशन गरेका हुन्।
बाग्लुङ गल्काेटमा बुबा भविलाल सुवेदी र  अामा देविकला सुबेदी को  कोख  बाट जन्मी काठमाडौं लाई कर्म थलो बनाई पछिलो समय मा  गित सङ्गित  मा राम्रो पहिचान बनाएकी  मिठो आवाज कि  धनि लोक दोहोरि  गाईका पार्वती  सुबेदिको यो गितको सांगितिक भिडियोलाइ सुरज लामिछानेको अफिसियल युटव च्यानलवाट देशभर सार्वजनिक भएको छ।


प्रतिक्रिया दिनुहोस