काेरियामा मजदुरकाे तलब बढाउने विषयमा चर्काचर्की



 

काेरिया।दक्षिण काेरियामा २०२२ को मजदुरको न्युनतम ज्याला निर्धारण गर्न बसेको न्युनतम ज्याला निर्धारण समितिको ८औ बैठकले कम्पनी व्यावसायी प्रतिनिधिले २० वोन(०.२%) बढाउन सकिने प्रस्ताब राखेको छ ।उक्त बैठकमा कम्पनि व्यवसायी पक्षले तलब बढाउनु पर्ने कारण नभएको , क्षमता नभएको मजदुरलाई तलब बढाउन आवश्यक नहुने भन्न्ने भनाइ राखेको थियोे । मजदुर सगठनको पक्ष केसिटियुले कम्पनि व्यवसायी पक्षले मजदुरलाई हेपेर बोलेको व्यवसायीकाे २० वोन बढाउने प्रस्तावको साथै २० वोन पनि नबढाउने थिए ।

अध्यक्षले पहिलाको प्रस्ताबमा (८७२० वोन नै कायम गर्ने)परिबर्तन गरि प्रस्ताब राख भनि कर गरेको हुनले यति पनि बढाएर राखेको भन्ने भनाइ प्रति घोर आपत्ति जनाउदै बैठक बहिस्कार गरेको थियो ।मजदुर सगठन पक्षबाट ७ औ बैठकमा मागमा परिबर्तन प्रस्ताब राखेको थियो । अर्को बैठक १२ तारिक बस्नेछ ।कोरियन प्रजातान्त्रिक मजदुर महासंघ (kcru) र एमटियुले १२ तारिक बेलुका ७ बजे न्युनतम ज्याला निर्धारण समितिको कार्यलय श्रम मन्त्रालय अगाडि तलब बृद्धिकाे माग गर्दै प्रर्दशन गर्ने कार्यक्रम रहेको एमटियुका अध्यक्ष उदय राइले बताए ।


प्रतिक्रिया दिनुहोस