पाँच जिल्लामा आफ्नो कार्यक्षेत्र बिस्तार गर्न सफल बन्दै, जनसचेतन साकोस ।



मैनापोखरी – दोलखाको मैनापोखरीमा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो कार्यक्षेत्र पाँच जिल्लामा बिस्तार गर्न सफल भएको छ ।

जनसचेतन साकोस, रसिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बनेपा र मुनाल बचत तथा ऋण सहकारी संस्था एक आपसमा एकीकरण भएको हो ।
जनसचेतन साकोसले दोलखा सहित पाँच जिल्ला काठमाण्डौ, काभ्रेपलाञ्चोक, भक्तपुरको पुरै जिल्ला र ललितपुर जिल्लाको ललितपुर महानगरपालिका भरी आफ्नो कार्यक्षेत्र बनाई वचत र ऋणको कारोबार गर्न पाउने भएको संस्थाका कर्मचारी सुमान काफ्लेले जानकारी दिनुभयो ।
वि.सं. २०५० साल असोज २२ गते स्थापना भएको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्यालय भने दोलखाको बैत्यश्वर गाउँपालिका वडा नम्बर ५ मैनापोखरीमा नै रहने छ ।


प्रतिक्रिया दिनुहोस