जिरी नगरपालिकामा पिपुल्स इनर्जी लिमिटेड आफ्नो लक्ष्य तिर अघि बढ्दै, आजबाट सुरुङमार्ग उद्घाटन ।



जिरी – दोलखाको जिरी नगरपालिकामा पिपुल्स इनर्जी हाइड्रोपावर लिमिटेड कम्पनी आफ्नो लक्ष्य प्राप्तिको लागि अघि बढी रहेको छ ।
४८.८ मेगावाट जलविद्युत् निर्माण गरिने लक्ष्य राखेको यस हाइड्रोपावरको आज एक कार्यक्रमको बिच उर्नेलिबाट ब्लास्टिङ गरि सुरुङमार्ग उद्घाटन गरिएको छ ।
जिरी नगरपालिकाको वडा नम्बर ८, ९ र तामाकोसी गाउँ पालिकाको वडा नम्बर ७ मा ब्लास्टिङ गरि सुरुङमार्ग खनिने भएको हो ।
खिम्ती २ जलविद्युत आयोजनाको संरचनाहरु निर्माणको लागि ब्लास्टिङ गर्नु पर्ने हुदा, ब्लास्टिङ हुने क्षेत्रमा मानिसहरुको आवतजावत र पसु-चौपायहरु निषेध गरिएको छ ।
उद्घाटन कार्यक्रममा पिपुल्स इनर्जी लिमिटेडका सम्बन्धित टिम, जिरी नगरपालिकाका नगर प्रमुख टंक बहादुर जिरेल, सम्बन्धित वडाका वडा अध्यक्ष, सुरक्षा कर्मी लगाएत लाभान्वित क्षेत्रका सम्पुर्ण जन समुदायहरुको सहभागिता रहेको वडा नम्बर ९ का वडा अध्यक्ष ज्ञान ब. सुनुवारले बताउनुभयो ।
यस पिपुल्स इनर्जी हाइड्रोपावर लिमिटेडको बारेमा थप विवरण आउन बाकी नै रहेको छ ।


प्रतिक्रिया दिनुहोस