एकै पटक २४ जना नेपालीको शव नेपाल ल्याइयो, थामिएन सारा नेपालीको मन



काठमाण्डाै – आज राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाज मार्फत मलेसियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याइएको छ ।

निगमको वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट आज एकै पटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न समयमा ज्यान गुमाएका नेपालीको शव आज वाइडबडी जहाज मार्फत नेपाल ल्याइएको निगम उडान सञ्चालन विभागले जानकारी दिएको छ ।यो दु:खद घटना र खबरले सारा नेपालीको मन यति बेला छियाछिया बनाएको छ ।


प्रतिक्रिया दिनुहोस