काेरियामा हृदयाघातकाे कारण एक नेपालीको निधन



काेरिया – दक्षिण काेरियामा एक नेपालीको निधन भएको छ ।गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया थेजन चुङनाम क्षेत्रिय समितीका सभापति समेत रहेका मदन भुजेलको आइतबार बिहान निधन भएको छ ।भुजेलकाे आज हृदयाघातका कारण निधन भएको एनआरएनए दक्षिण कोरियाले जनाएको छ ।

भुजेलकाे निधनकाे कारण एनआरएनए कोरियाले आज तय गरेको आठौ कार्यसमितीको सपथ ग्रहण कार्यक्रम समेत स्थगित भएको छ ।भुजेलकाे निधनकाे कारणले सपथ स्थगित गरिएको एनआरएन दक्षिण काेरियाले विज्ञप्तिमा जनाएको छ ।भुजेलकाे निधनले नेपाली समुदाय स्तब्ध भएको छ ।दक्षिण काेरियामा हृदयाघातबाट नेपालीहरुकाे आकस्मिक निधन हुने संख्या उल्लेखनीय रहेकाे छ ।


प्रतिक्रिया दिनुहोस