मुटु रोगबाट पीडित तामाङलाई उपचारका लागि आर्थिक सहयोगको अपील ।



नबिन सुनुवार । दोलखा – मुटु रोगबाट पीडित दोलखा जिरी नगरपालिका नेपानेका कृष्ण बहादुर तामाङको उपचारको लागि परिवारले सहयोगको लागि अपील गरेका छन् ।

जिरी नगरपालिका वडा नं. ७ नेपानेका कृष्ण बहादुर तामाङको उपचारको लागि सहयोग मागेका हुन् ।

तामाङको उपचारको लागि ६ लाख सकिसकेको र तत्काल ३ लाख ५० हजार जम्मा गर्नु पर्ने पीडित तामाङको भनाई छ ।तर परिवारको आर्थिक अवस्था कमजोर भएकोले सो बराबरको रकम तत्काल जोहो गर्न सक्ने अवस्थामा परिवार नभएको पीडित तामाङले बताउनुभयो ।

तामाङको उपचारमा लाग्ने रकम सहयोग गरिदिन परिवारले देश विदेशमा रहेका सबैलाई आग्रह गरेको छ ।
तामाङलाई सहयोग गर्न चाहनेले सोयम पीडित तामाङको प्राईम बैंकको खाता नम्बर ००८००२९२s र तामाङको मोबाइल नम्बर ९८१२१२१८७७ मा सम्पर्क गर्न सकिने छ ।


प्रतिक्रिया दिनुहोस