भुटान सरकारले दिएको एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो ।



नबिन सुनुवार । काठमान्डौ – आज भुटान सरकारले दिएको एस्ट्राजेनेका खोप काठमाण्डाै आइपुगेको छ । बिहान ९ बजे त्रिभुवन विमानस्थलमा भुटानको ड्रुक एअरलाइन्सको विमानले खोप ल्याएको हो ।

नेपाललाई भुटानले ३ लाख डाेज खोप उपलब्ध गराउने घोषणा गरेको थियो । घोषणा अनुसारको खोप आए नआएको निश्चित भने भएको छैन । अहिले १४ लाख भन्दा धेरै ज्येष्ठ नागरिक कोभिसिल्डको पर्खाइमा रहेका छन् ।
जापानबाट भोलि र पर्सि आइपुग्ने खोप सगै भुटानबाट आएको खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पर्खाइमा रहेको ज्येष्ठ नागरिकलाई दिने नेपाल सरकारको तयारी छ ।


प्रतिक्रिया दिनुहोस