पत्रकार एबम कवि जीवन लामाको दोस्रो कृति _ चौसट्ठी बर्गमिटर प्रकाशनमा



नबिन सुनुवार । दोलखा – चरिकोटका चर्चित पत्रकार एबम कवि जीवन लामाले आफ्नो दोस्रो कृति ‘चौसट्ठी वर्गमिटर’ प्रकाशनमा ल्याएका छन् ।

हिजो सदरमुकाम चरिकोटमा आयोजित एक कार्यक्रमका बिच भीमेश्वर नगरपालिकाका मेयर भरत केसी लगायतले विमोचन गर्नु भएको थियो । लामाले आफ्नो दोस्रो कविता संग्रहको रुपमा ‘चौसट्ठी वर्गमिटर’ प्रकासनमा ल्याएका हुन् ।
पुस्तक विमोचन गर्दै मेयर केसीले कलासाहित्यको गतिलाई अझ सबै दर्शक माझ थप फलाकिलो बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । यसअघि लामाले पहिलो कृतिका रुपमा ‘निदोषी मान्छे’ प्रकाशनमा ल्याईसकेका छन् ।
चौंसट्ठी वर्गमिटर जमिनमा जिविकोपार्जन गर्नुपर्ने लोपोन्मुख सुरेल जातीको बाध्यताबारे लेखिएको कविताको शिर्षकबाट पुस्तकको नामाकरण गरिएको थियो ।

पुस्तक विमोचन कार्यक्रममा कवि लामाले लोपोन्मुख सुरेल समुदायको समस्यालाई मध्यनजर गर्दै आफ्नो सिर्जनालाइ अघि बढाउन खोजेको बताउनुभयो । उहाँको कृतिमा सुरेल सहित अन्य जातजाति र अन्य विषयमा लेखिएका ३५ वटा कविताहरु संग्रहित रहेका छन् ।
उक्त कार्यक्रम विष्णुलक्ष्मी साहित्य पुरस्कार छनौट समितिका अध्यक्ष विष्णु सुवेदीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नगर प्रमुख भरत केसि, पत्रकार चिरञ्जीवि मास्के, संचार मन्त्रालयका पुर्व संचार विज्ञ राजेन्द्र मानन्धर, जनजाति महासंघ दोलखाका अध्यक्ष जंग गुरुङ, सुरेल उत्थान संघका अध्यक्ष सुवास सुरेल लगायतले लामाका पुस्तक र कलासाहित्य बारेमा चर्चा गर्नु भएको थियो ।
कवि लामाले यसरी सबैको साथ सहयोग र हौसला पाए अझै आफू अघि बढ्न सक्ने थप प्रोत्साहन मिलेको बताउनुभयो ।

 


प्रतिक्रिया दिनुहोस