निरन्तर सुनको मुल्य ओरालो लाग्दै, तोलाको ८८ हजार ८ सय रुपैयाँ कायम



नबिन सुनुवार । काठमान्डौ – दिनप्रतिदिन नेपाली बजारमा सुनको मुल्य क्रमश घट्दै गएको छ । हिजो सुन प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ४ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै चाँदीको मुल्य आज १५ रुपैयाँले घटेर प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस