राजधानी काबुलमा उडिरहेको बिमानबाट मानिस खस्यो



नबिन सुनुवार । काठमान्डौ – अफगानिस्तानको राजधानी काबुलमा आज उडिरहेको बिमानबाट मानिस खसेको छ ।
तस्बिरमा देखिएको दृश्य अफगानिस्तानकाे राजधानी काबुलकाे विमानस्थलकाे दृश्य हाे ।

जहाँ मानिसहरू ज्यान बचाउनका लागि उडान भर्न तयार भैइरहेको विमानमा झुन्डिइ रहेका छन् ।
सामाजिक संजालमा उक्त भिडिओमा अमेरिकि वायु सेनाकाे सी–१७ ए विमान देखि रहेकाे छ । रनवेमा विमानसँगै दाैडिरहेका अफगान नागरिकहरु पनि दृश्यमा देखिएको छ ।

मानिस विमानमा झुन्डिरहेको बेला विमानले उडान भरे पछि केही व्यक्ति यही विमानबाट तल खसेकाे पनि दृश्यमा देखिएको छ । आज काबुल विमानस्थलमा भागदाैडकाे अवस्था थियो ।

मानिसहरू विमानमा चढ्न सिँढीमा झुन्डिएकाे थियो । सोही क्रममा विमानस्थलमा गाेली पनि चलेकाे थियाे, घटनामा केही व्यक्तिकाे ज्यान गएकाे खबर पनि आइरहेकाे छ ।


प्रतिक्रिया दिनुहोस