बिरामी तथा दिनदुखीको सेवा गर्दा आनन्द लाग्छ,चरिकोटअस्पतालका डाक्टर:देबेन्द्र गौतम



दोलखा,भदौ ५।दोलखाको सदरमुकाम चरिकोट रहेको भिमेश्वर नगरपालिकाको चरिकोट अस्पतालमा कार्यरत एमडिजिपि कन्सलट्यान्ट डाक्टर देबेन्द्र गौतम भन्छन् अस्पतालमा उपचारको लागी आउने बिरामी र बाटोमा भेटेका दिनदुखीलाई सहयोग र सेवा गर्न पाउदा आफुलाइ मनमा छुट्टै खालको आनन्द आउने बताए।
चरिकोट अस्पतालमा डक्टर गौतम धेरै बिरामीले सोध्ने र खोज्ने गर्छन्।बिरामीलाई  मिठो बोली बोल्दै मायालु स्वभाव देखाएर उपचार गर्ने डाक्टर गौतमलाई बिरामीले सधैं सोध्ने र खोज्ने गर्छन्।कतिपय बिरामीलाई  आफैं औसधि किनेर दिने गर्छन् केहि बिरामीलाई सित्तैमा औसधि उपलब्ध गराइ दिन्छन्।डाक्टर गौतम बिहान देखी साझसम्म आफ्नै कार्यकक्षमा भेटिन्छन् भने छुट्टी र फुर्सदमा उनी समाजमा कोरोना महामारीले हातमुख जोड्न नसकेका मानिसलाई खोज्दै सहयोग गर्ने गर्छन्।डाक्टर गौतम चरिकोट अस्पतालमा आएदेखी एमडिजिपि कन्सलट्यान्टको रूपमा बिरामीको सेवा गर्दै आएका छन्।गौतमले यशअघि आफ्नो पारिश्रमिक महिनामरी तलब को रकम बाट विभिन्न खाद्यान्न सहयोग गरेका छन्।उनले फेरि पनि  बैतेश्वरका पुर्ण  रूपमा अशक्त भएका एक अपांग व्यक्तिलाई दशैको सहयोग गर्ने तयारी गरिरहेको बताए।डाक्टर गौतम चरिकोट अस्पतालमा रहेर महिलाको पाठेघर,गर्भवती महिलाहरु र  शिशुको स्वास्थ्य चेकजाँच तथा उपचार गर्ने भिडियोको माध्यम बाट गर्भमा रहेको बच्चाको स्वास्थ्य बुझ्ने,जटिल रोगको अप्रेसन,शल्यक्रिया लगायतको उपचार गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस