दोलखामा१३सय ७९जना विद्यार्थीलाई कोरोनाको पहिलो मात्राको खोप!



सुबास बस्नेत दोलखा,भदौ ७।दोलखा जिल्लामा कक्षा१२को परिक्षा दिने तयारी गरेका१३ सय ७९जना विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोपको पहिलो मात्र लगाइएको छ।जस अन्तर्गत जिल्लाको बिगु गाउँपालिकाका कक्षा १२ परिक्षामा सहभागी हुने ४०जना,गौरिशकर गाउँपालिका ४५जना,भिमेश्वर नगरपालिका २८८ जना,मेलुङ गाउँपालिका १००जना, शैलुङ गाउँपालिका१३२जना,कलिन्चोक गाउँपालिका२१२ जना, तामाकोशी गाउँपालिका १५२ जना,जिरी नगरपालिका भित्रका १६०जना र बैतेश्वर बैतेश्वर गाउँपालिका १८० जना विद्यार्थी गरि जम्मा १३७९ जनाले काेभिड १९ विरूद्वकाे खाेप एस्ट्राजेनिकाको पहिलो मात्रा खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ।त्यसैगरी काेभिड १९ विरूद्वकाे खाेप कोभिशिल्डको दोस्रो मात्रा खोप लगाउन छुटेका ६५ बर्ष माथिका ज्येष्ठ नागरिक तथा कक्षा १२ को परिक्षा दिने तयारी गरेका बाकी विद्यार्थीहरु सोमबार र मंगलबार चरिकोट अस्पतालमा आएर कोभिड १९ विरूद्वकाे खाेप एस्ट्राजेनिकाको खोप लगाउन सक्ने स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस