जिरी नगरपालिकामा कर्मचारी छनौट : आम नागरिकको आखामा छारो हाल्दै जनप्रतिनिधि



नबिन सुनुवार । जिरी – दोलखाको जिरी नगरपालिकाले अस्पताल मातहत सन्चालन हुने पोषण सम्वन्धी खुल्ला प्रतिश्पर्धामा कर्मचारी माग गरेपनि अस्पतालमा कार्यरत कर्मचारीलाई नै रोजगारीमा प्रहिलो प्राथमिकताका साथ नाम सार्बजनिक गरेको छ ।

जिरी अस्पतालमा करारमा कार्यरत स्वास्थ्यकर्मी लगायत जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीका आफन्तजन कै नाम निकालिएको हो । यति बेला जनप्रतिनिधिले सबै आ-आफ्नो मान्छेलाई रोजगारी दिइएकोमा जिरी नगरबासिले आपत्ति जनाएको छ ।
तर, जिरी नगरपालिकाका महान जनप्रतिनिधि ज्युहरु भने आफुले गल्ती नै नगरेको आ- आफ्नो क्षेमताको मुल्यांकन गरिएको विषयलाई लिइएर मौन बसिरहेका छन ।
जिरी नगरपालिकाले बिभिन्न पदमा ९ जना करारका कर्मचारी माग गरेकोमा ४ जना जिरी अस्पतालमै कार्यरत कर्मचारीको नाम निस्किएको छ । बाँकी ५ जना अस्पताल बाहिरका भए पनि नाम छनौट प्रक्रिया पारदर्शी नभएको जिरीका आम नागरिकको भनाई छ ।

जिरी नगरपालिकाले अन्तर सरकारी बित्तिय हस्तान्तरणको बजेटवाट जिरी अस्पतालमा पोषण सम्वन्धी कार्यक्रम संचालनका लागि साउन ५ गते १५ दिनको म्याद राखी बिभिन्न पदमा ९ जना कर्मचारी माग गरेको थियो ।
पदका लागि १ सय १८ जनाले आवेदन दिएको थियो ।

अनमीतर्फ जिरी नगरपालिका ६ का अनिता जिरेल, सम्झना जिरेल, आकृति खड्का र सरिता जिरेलले करारमा रोजगारीको अवसर पाएका छन् ।

अनिता जिरी नगरपालिकाका नगर प्रमुख टँक जिरेलकी भान्जी हुन् । उनी यसअघि एनएसआईकोतर्फवाट जिरी अस्पतालमै कार्यरत थिईन् । जिरी अस्पतालमै कार्यरत आकृति खड्का एमाले जिरी नगर इन्चार्ज टपिन्द्र खड्काकी छोरी हुन् । सम्झना पनि जिरी अस्पतालमै करारमा कार्यरत स्वास्थ्यकर्मी हुन् । अनमीमा नाम निस्किएकी सरिता जिरेल पनि जिरी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारीको आफन्त हुन् ।
सहायकस्तर भान्छेतर्फ ३ जना कर्मचारी माग गरिएकोमा इन्द्रकला सुनुवार, कमला जिरेल र कल्पना सुनुवारको नाम निस्किएको छ ।

इन्द्रकला सुनुवार यसअघि पनि जिरी अस्पतालमै कार्यरत कर्मचारी हुन् । सहायक स्तरकै क्लिनरतर्फ भने सिता जिरेलको नाम निस्किएको छ । आवेदक मध्ये प्रवन्धक पदमा ७ जना, अनमी वा अहेवतर्फ ४३ जना, भान्छेका लागि ३७ जना र क्लिनरका लागि १९ जनाले अन्तर्वार्ता दिएका थिए । नगरपालिकाले गठन गरेको अन्तर्वार्ता तथा सूचिकरण समितिले सवै उम्मेदवारको अन्तर्वार्ताकै माध्यमवाट नतिजा प्रकाशन गरेको हो ।
कर्मचारी छनौटमा खुल्ला बिज्ञापन गरेर अस्पतालमै कार्यरत कर्मचारीलाई प्राथमिकता दिएको, जनप्रतिनिधि, नेता र कर्मचारीका आफन्तको नाम निकालेको आरोप लागिरहेका बेला जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदिशचन्द्र शिवाकोटीले कसैको प्रभावमा नभई क्षमता, दक्षता र अनुभवका आधारमा कर्मचारी छनौट गरिएको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस