आफ्ना सबै नागरिकको नि:शुल्क स्वास्थ्य बिमा गर्दैँ दोलखाको कालिञ्चाेक गाउँपालिका



सुबास बस्नेत
दोलखा,भदौ १६।जिल्लाको उत्तरी कालिञ्चाेक गाउँपालिकाले गाउँपालिका भित्रका सबै नागरिकको नि:शुल्क स्वास्थ्य विमा गर्ने भएको छ।गाउँपालिकाले आफ्ना ९ वटै वडाका सबै स्थायी बसोबास भयका नागरिकको नि:शुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिए।स्वास्थ्य बिमाको लागी सबै वडाका नागरिकले भदौ १८ गते शुक्रवार देखी २४ गतेसम्म बिमाको लागि वडामा आफ्नो परिवारको विवरण सहित निवेदन दिन सक्ने छन्।त्यसपछि वडाले स्थायी बसोबास गर्ने हुन वा हैन भनी लाभग्राही छनोट गरेर बिमा सुरु गर्ने प्रमुख प्रशासकीय अधिकृत ओलीले जानकारी दिए।बिमाको लागी कालिञ्चाेक गाउँपालिका भित्र स्थायी बसोबास गर्ने नागरिकले आफ्नो परिचय खुल्ने प्रमाणपत्र,नागरिकता,जन्म दर्ता प्रमाणपत्र,बसाइँसराइ भए सोको प्रमाणपत्र र वडाले दिएको विवरणको ढाँचा अनुसार निवेदन पेश गर्नुपर्ने कालिन्चोक गाउँपालिकाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस