दोलखामा बुधबार थप ९ जनामा कोरोना संक्रमण,सक्रिय संक्रमितको संख्या२सय३४ पुग्यो



सुबास बस्नेत
दोलखा,भदौ २३।दोलखामा बुधबार थप ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको ९ वटै स्थानीय तहमा २१जनाको एन्टिजन परिक्षण गरिएकामा ७जनामा कोरोना संक्रमण पुष्टि भएको छभने,चरिकोट अस्पतालमा ७ जनाको पिसिआर परिक्षण गर्दा २ जनालाई संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ।बुधबार थपिएका ९ जना सहित जिल्लाभर सक्रिय संक्रमितको संख्या २ सय ३४ पुगेको छ।


प्रतिक्रिया दिनुहोस